नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरे।
आइएमईले प्रति सेयर एक सय रूपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार सात सय रूपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो।
सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ।