आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से २५.४६ अंकले घटेर २७०१.९० विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकममा वृद्धि भएको छ।
बिहीबार ९ अर्ब ६५ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १० अर्ब १२ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४७ करोड रूपैयाँ वृद्धि भएको हो।
यसदिन ३२८ वटा धितोपत्रको दुई करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ वटाको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन महुली लघुवित्त, श्रीजनशील लघुवित्त र मिड सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः एक हजार ६३९, दुई हजार १७८ र एक हजार पाँच रूपैयाँ ४० पैसा कायम भएको छ।
यस्तै, थ्री स्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १२ रूपैयाँ ५० पैसामा झरेको छ।
कुमारी इक्विटी फण्डको मूल्य ८.०७ प्रतिशतले घटेको छ।
उक्त योजनाको मूल्य नौ रूपैयाँ कायम भएको छ।
आइतबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९६३ रूपैयाँमा ४२ करोड १९ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.८२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टको संस्थापक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता १६० रूपैयाँ ९० पैसामा ३५ करोड ८१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।
यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको परिसूचक सर्वाधिक २.०७ प्रतिशतले घटेको छ।