नेपाल राष्ट्र बैंकले नीतिगत र बैंक दर घटाएको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत र बैंक दर घटाएको हो।
नीतिगत दरलाई ५.५ प्रतिशत विन्दुबाट ५ प्रतिशत कायम गरेको छ। बैंकदर समेत घटाएको छ।
बैंकदर ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम गरिएको छ।
ब्याजदरको करिडोरको तल्लो सीमाको रूपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ।