पितापुर्खाले सुरू गरेको व्यवसायलाई निरन्तरता दिँदै सफल भएका छोराछोरीको कथा त हामी दिनकै सुन्छौं। आमाबाले पूरा गर्न नसकेको सपना पछ्याएका छोराछोरीको कथा पनि हामी दिनकै सुन्छौं। तर पिप्ला र कुलप्रसाद भण्डारीको कथा उल्टो छ।
सन्तानको भरमा जीवन गुजार्नुपर्ने उमेरमा उनीहरूले सन्तानले पूरा गर्न नसकेको कामलाई निरन्तरता दिने बिँडो मात्र उठाएनन्, बढ्दो उमेरले ल्याउने अनेक अप्ठ्यारा छिचोल्दै सफलताको मुकामसम्म पुर्याए।
यो ६० वसन्त पार गरिसकेका दम्पतीको त्यही सफलताको कथा हो।
हामी चितवन माडीको अयोध्यापुरी पुग्दा उनीहरू स्कुटर चढेर कतै जाने तयारी गर्दै थिए।
'कहाँ जाँदै हुनुहुन्छ बा?' हामीले सोध्यौं।
'माछालाई दाना खुवाउन,' स्कुटरको स्टेयरिङ समातेका ६९ वर्षीय कुलप्रसाद भण्डारीले भने।
उनको कुरा सुनेर हामी पनि माछापालन पोखरी हेर्न उत्साहित भयौं।
कुलप्रसादले स्कुटर स्टार्ट गरे।
उनकी ६२ वर्षीया श्रीमती पिप्ला भण्डारी खितित्त हाँस्दै पछाडि सिटमा बसिन्।
स्कुटर हुइँकियो।
हामी पछ्याउन थाल्यौं।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)