बैंकहरूले अब असल कर्जामा १.१० प्रतशत नोक्सान प्रावधान राखे हुने भएको छ।
राष्ट्र बैंकले शुक्रबार चालु वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो।
हाल १.२० प्रतिशत राख्नु पर्ने व्यवस्था छ। कोभिडकालीन समयमा बैंकहरूलाई असल कर्जामा १.३ प्रतिशत नोक्सानी व्यवस्था राख्न लगाएको थियो।
यो दर १.२५ प्रतिशत गर्दै क्रमिक रूपमा घटाएर १.२० प्रतिशत बनाएको थियो। चालु वर्षबाट फेरि घटाएर १.१० मा झारेको हो।