केन्द्रीय बैंकले संस्थागत सेयर लगानीकर्ताको ऋण सीमा हटाएको छ।
शुक्रबार मौद्रिक नीति जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।
हाल व्यक्तिगत लगानीकर्ताले १५ करोड रूपैयाँ र संस्थागत लगानीकर्ताको २० करोड रूपैयाँसम्म मात्र कर्जा लिन सक्ने व्यवस्था छ।
हाल बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार एक सय २५ प्रतिशत छ।
अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा गत आर्थिक वर्ष २०८०–८१ को ११ महिनामा सेयर धितोमा कर्जा लगानी १६.६१ प्रतिशतले बढेर ८७ अर्ब ११ करोड रूपैयाँ पुगेको छ।
हाल व्यक्तिगत लगानीकर्ताले १५ करोड रूपैयाँ र संस्थागत लगानीकर्ताले २० करोड रूपैयाँसम्म मात्र कर्जा लिन सक्ने व्यवस्था छ।