चालु वर्षमा कम्तीमा १२.५ प्रतिशतको कर्जा विस्तार लक्ष्य राखिएको छ।
बजेटले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य पूर्ति गर्न यो कर्जा विस्तार गरिने लक्ष्य नेपाल राष्ट्र बैंकले राखेको हो।
गभर्नर महाप्रसाद अधिकारीले चालु वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो लक्ष्य तोकेका हुन्।
राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा पनि ११.५ प्रतिशतको कर्जा विस्तार लक्ष्य राखेको थियो। गत जेठसम्म कर्जा विस्तार ५.१ प्रतिशतले वृद्धि भएको छ।
२०७७ चैत २४ मा गभर्नरमा नियुक्त भएका महाप्रसाद अधिकारी गभर्नरमा दोहोरिन सकेनन् भने यो उनको अन्तिम मौद्रिक नीति हो।
उनको पाँच वर्षको कार्यकाल २०८१ चैत २४ टुंगिँदैछ। उनी गभर्नरमा दोहोरिने प्रयासमा छन्।