नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३४ रूपैयाँ २२ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ९७ पैसा र बिक्रीमा ९७ रूपैयाँ ०१ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ९९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ६४ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ १५ पैसा र बिक्रीमा ८७ रूपैयाँ ५४ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२ रूपैयाँ ०४ पैसा र बिक्रीदर १७२ रूपैयाँ ८१ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ६६ पैसा र बिक्रीमा २८ रूपैयाँ ७८ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ १५ पैसा र बिक्रीमा ४३९ रूपैयाँ १२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ०८ पैसा तोकिएको छ।