नेपाली सेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत नभएको एक कम्पनीको एक कित्ता सेयर नै ९ हजार ३ सय ७५ रूपैयाँमा कारोबार भएको छ।
नेप्सेले आर्थिक २०८०–८१ मा ओभर दी काउन्टर (ओटिसी) मा कारोबार भएका कम्पनीहरूको विवरण आज सार्वजनिक गरेको हो।
सोही विवरण अनुसार वर्ल्ड लिंक कम्पनीको १३ हजार ३ सय ९२ कित्ता सेयर कुल १२ करोड ५५ लाख ५० हजार रूपैयाँमा किनबेच भएको हो।
ओटिसीमा सेयर बजारमा सूचीकृत नभएका पब्लिक कम्पनीहरूको सेयर किनबेच हुन्छ। अहिले नेप्सेले नै ओटिसी सञ्चालन गरेको छ।
आर्थिक २०८०–८१ मा यस बजारमा ७८ वटा कारोबार भएका छन्।
काठमाडौं फरेष्टी कलेज, लर्ड बुद्ध एजुकेसन एकेडेमी लगायतका कम्पनीको सेयर उच्च मूल्यमा कारोबार भएको देखिन्छ।
यस्ता कम्पनीको सेयर मूल्य पाँच सय ४० देखि एक हजार २१ रूपैयाँसम्म कारोबार भएका छन्। धेरै कम्पनीको भने एक सय मूल्य हाराहारी मै कारोबार भएको छ।