साशा इन्जिनियरिङ हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले आइपिओ निष्कासन प्रक्रियाको लागि एनआइएमबि एस क्यापिटललाई बिक्री प्रबन्ध नियुक्त गरेको छ।
धितोपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट अध्यक्ष पवित्र कुमार कार्की तथा र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा साशा इन्जिनियरिङ हाइड्रोपावरका कम्पनी सचिव दिलिप कुमार चौधरी तथा एनआइएमबी एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगानाको समेत उपस्थिति रहेको थियो।
कम्पनीले जारी पूँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता आइपिओ निष्कासन गर्नेछ।
सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ हाइड्रोपावरले दोलखा जिल्लामा अवस्थित खानी खोलाको पानि प्रयोग गरी ३० मेगावाट क्षमताको खानी खोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरी उक्त आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता समेत गरिसकेको छ।
हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ।