प्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्सबीच इक्विटी लगानीसम्बन्धी सम्झौता भएको छ।
प्रोफेसनल एजुकेटर्स लिमिटेडका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा र नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्झौतामा हस्ताक्षर गरेका छन्।
यो सम्झौताको प्रमुख उद्देश्य शिक्षा क्षेत्रको दिगो विकास र संस्थागत संरचना निर्माण गर्नु भएको प्रोफेसनल एजुकेटर्सले जनाएको छ।
निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निस्कासन (आइपिओ) जारी गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
प्रोफेसनल एजुकेटर्स लिमिटेडले ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कुल अफ साइन्स, युनिग्लोब स्कुल÷कलेज, भ्याली भ्यु स्कुल, ग्लोबल कलेज इन्टरनेसनल, र लिबर्टी कलेज जस्ता प्रतिष्ठित शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको छ।
नेपालमा पहिलो पटक संस्थागत रूपमा यस किसिमको सहकार्यले शिक्षा र बीमा क्षेत्रको सहकार्यमा नयाँ आयाम थपेको नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ।