महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरूलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्देश्य अनुरुप क्युआर कोड मार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरूवात गरेको छ।
यस प्रकारको सेवा प्रदान गर्नेमा विकास बैंकहरूमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको बताइएको छ।
यस अन्तर्गत कर्जा लिन चाहने ग्राहकहरूले बैंकको आधिकारीक वेबसाइट, सामाजिक सञ्जाल, सम्पूर्ण शाखा कार्यालय तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन्।
ग्राहकले आवदेन गरेपछि ग्राहकले रोजेको शाखा कार्यालयबाट कर्जाको सम्पूर्ण कर्जा प्रक्रिया सम्बन्धमा सहजीकरण गर्न सोही शाखा कार्यालयका कर्मचारीले सम्पर्क गर्नेछन्।
'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रूपले गुणस्तरीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेका छन्।