द कन्भरसेसन-२८
मिस पबी (पबित्रा साँकी) र सुन्दर खनाल कमेडियन हुन्। हाल उनीहरूले 'कमेडी दरबार' नामक कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै आएका छन्।
कमेडी दुनियाँमा मिस पबीले प्रवेश गरेको केही महिना मात्र भयो। टिकटकबाट चर्चामा आएपछि उनले व्यावसायिक मोडलिङ सुरू गरेकी थिइन्। टिकटकमा मिस पबीका नामबाट डोटेली भाषामा उनले बनाएका भिडिओ मानिसहरूले रूचाएका छन्।
अर्कातिर सुन्दर खनाल ९ वर्षदेखि कमेडी क्षेत्रमा छन्। टिकटकमा मिस पबीलाई हेर्दै आएका सुन्दरले नै उनलाई कमेडी दरबारमा बोलाएका हुन्। सुन्दर कमेडी प्रस्तुतिका स्क्रिप्ट लेखनमा पनि सक्रिय छन्।
सेतोपाटीको ‘द कन्भरसेसन’ मा मिस पबीले सुन्दरलाई जिस्क्याउँदै भनेकी छन्, 'म त फेमस (प्रख्यात) भइसकेँ। तपाईं त ९ वर्षदेखि यो क्षेत्रमा संघर्ष गर्दै हुनुहुन्छ है!'
द कन्भरसेसनमा यी दुई कलाकारले थुप्रै रमाइला कुराकानी गरेका छन्। कमेडी दरबारका र आफ्ना रोचक किस्साहरू सुनाएका छन्। कतिपय कलाकार र नेताको क्यारिकेचर (हाउभाउको नक्कल) समेत गरेका छन्।
हेर्नुहोस् उनीहरूबीचको कुराकानी भिडिओमाः