माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योगमा नै पहिलो पटक ग्राहकहरूलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यका साथ नेपाली रूपैयाँ र अमेरिकन डलरमा नियोन क्रेडिट कार्डको सुविधा सञ्चालनमा ल्याएको छ।
आधुनिक जीवनशैलीमा व्यस्त रहने ग्राहक तथा देश विदेश यात्रा गर्ने ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको 'नियोन क्रेडिट कार्ड' डिजाइन तथा आवरणमा चम्किलो तथा मनमोहक छ, जुन बजारमा उपलब्ध अन्य प्रकारका कार्डहरूभन्दा भिन्न देखिन्छ।
पिओएस मर्चेन्ट सञ्जाल विस्तारमा उत्कृष्ट कार्यसम्पादन गरेको र भिसा क्रेडिट कार्ड उपयोग गर्न आफ्ना ग्राहकलाई प्रेरित पुर्याएको उल्लेख्य योगदानको कदर स्वरुप भिसाद्वारा विशिष्ट अवार्डले सम्मानित भई बैंकले 'ग्लो विथ कन्फिडेन्स' ट्यागलाईन सहित बजारमा ल्याएको नियोन क्रेडिट कार्ड भिसाद्वारा सञ्चालित विश्वव्यापी स्वीकार्य विद्युतीय भुक्तानीको उत्कृष्ट माध्यम हो।
नियोन क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले नेपालभरका विभिन्न ३५० भन्दा बढी मर्चेन्टहरूमा विविध वस्तु तथा सेवाको उपभोग र किनमेल गर्दा विशेष छुट तथा क्यासब्याक अफरहरू प्राप्त गर्न सक्नेछन्।
साथै, ५ हजार रूपैयाँ वा सो बराबरको ट्याप एण्ड पे (क्यासलेस) कारोबार गर्न सक्नेछन्, जसले गर्दा ग्राहकहरूमा प्रिमियम तथा उत्कृष्ट सुविधाको अनुभूती जाग्रित हुने विश्वास बैंकले लिएको छ।
नियोन क्रेडिट कार्ड प्रयोग मार्फत विशेष छुट तथा क्यासब्याक अफर प्राप्त गर्न सकिने मर्चेन्टहरू तथा छुट सम्बन्धित विवरणको बारेमा बैंकको वेबसाइट, सामाजिक सञ्जाल मार्फत ग्राहकलाई निरन्तर जानकारी गराइने छ।
नियोन क्रेडिट कार्ड को पहिलो संस्करण सीमित अवधिको लागि ल्याइएको बैंकको नविनतम योजना हो। जस अन्तर्गत सुपरमार्केट, होटेल, रेष्टुरेन्ट, तथा विविध फ्रेन्चाइज आउटलेट्स आदिमा विशेष छुट तथा अफर सुविधाहरू उपलब्ध गराउने बैंकको योजना रहेको छ।
डिजिटल बैंकिङको दुनियाँमा बैंकको नियोन क्रेडिट कार्ड मार्फत ग्राहकलाई नौलो स्वादको अनुभूति दिलाउने बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताए।
'हामी नियोन क्रेडिट कार्ड प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छौं, जसले हाम्रा ग्राहकहरुको नवीनतम आकांक्षाहरू सम्बोधन हुने र सुरक्षित एवं आधुनिक प्रविधिमैत्री भुक्तानीका माध्यमबाट सदैव ग्राहकको आकांक्षाको सम्बोधन गरिने हाम्रो प्रयासलाई झल्काउँछ।'