सूर्योदय वोमी लघुवित्तले एफपिओ (थप सार्वजनिक निष्कासन) आज (शुक्रबार) देखि निष्कासन गरेको छ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने÷गाभिनका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले एफपिओ जारी गरेको हो।
साविकको सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपछि बनेको सूर्योदय वोमी लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत रहेको थियो। सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न कम्पनीले एफपिओ जारी गरेको हो।
कम्पनीले ४६ लाख ७२ हजार ९५४ रूपैयाँ ५० पैसा बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता सेयर निष्कासन गरेको छ।
लगानीकर्ताले एफपिओमा साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि साउन १८ गतेसम्म लम्बिनेछ।
उक्त एफपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन सकिनेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन पर्नेछ।
कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी डबल बी इस्युअर रेटिङ' प्रदान गरेको छ। यसले कम्पनी वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।