सिद्धार्थ हस्पिटालिटीअन्तर्गतको सिद्धार्थ इन्टरनेसनल होटल लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।
सिद्धार्थ ग्रुपअन्तर्गतको आइपिओ जारी गर्न लागेको कम्पनी 'सिद्धार्थ इन्टरनेसनल होटल लिमिटेड'अन्तर्गत बौद्धस्थित चार तारे स्तरीय सिद्धार्थ बुटिक होटल र रूपन्देहीको भैरहवास्थित पाँच तारे सिद्धार्थ भिलासा सञ्चालनमा छन्।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्षमण) न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।
अध्यक्ष न्यौपानेले चालु आर्थिक वर्षमै आइपिओ निष्कासन गरिने जानकारी दिए । उनका अनुसार कूल जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा ल्याउन लागिएको हो ।
सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका साथै हस्पिटालिटी एजुकेशन, रेष्टुरेन्ट, कटेज, क्याफे, कृषि फार्म, ट्रेडिङ, आइटीलगायत दुई दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन्।