सेयर बजार परिसूचक नेप्से २६ महिना कै उच्च विन्दुमा आइपुग्दा पनि सात कम्पनीको सेयर मूल्य भने घटेको छ।
मंगलबार नौ कम्पनीको सेयर मूल्य घटेको हो।
यसरी मूल्य घट्नेमा माण्डु हाइड्रो, जानकी फाइनान्स, कुथेरी बुखरी स्मल हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त, श्रीजनशील लघुवित्त, युनिलिभर नेपाल र समाज लघुवित्त छन्।
यिनको सेयर मूल्य ०.०३ प्रतिशतदेखि ६ प्रतिशतसम्म घटेको हो।
यसदिन तीन सय १५ सेयर र धितोपत्रको कारोबार भएकोमा ४९ वटाको घटेको हो। सात कम्पनीका सेयर बाहेक अन्य ऋणपत्र र सामूहिक लगानी कोषका इकाइहरूको मूल्य घटेका हुन्।
बजार बढ्न थालेपछि आकर्षक ब्याजदरका ऋणपत्रको मूल्य समेत घटेको हो। १२ प्रतिशतसम्म ब्याजदर दिइरहेका ऋणपत्रको मूल्य घटेको हो। ब्याजदरले नधान्ने मूल्य नजिक आएपछि यी ऋणपत्रको बिक्री चाप बढेको देखिन्छ।
त्यसबाहेक बजार उच्चले बढ्दा अहिले बजारबाटै १२ प्रतिशतभन्दा धेरै प्रतिफल पाइने देखिन थालेपछि पनि लगानीकर्ता कम्पनीहरूका सेयरमा आकर्षित भएको देखिन्छ।
बैंकहरूले निक्षेपको ब्याजदर उच्चले घटाएपछि संस्थागत लगानीकर्ताहरू सेयर बजारमा सूचीकृत उच्च ब्याजदरका ऋणपत्रमा आकर्षित भएका थिए।
बैंकहरूबाट संस्थागत निक्षेपकर्ताले ६ प्रतिशतभन्दा कम ब्याज पाइरहेका छन्।