नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ४० पैसा र बिक्रीदर १३४ रूपैयाँ कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ८३ पैसा र बिक्रीमा ९८ रूपैयाँ २७ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ७५ पैसा र बिक्रीमा १४५ रूपैयाँ ४० पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ १० पैसा र बिक्रीमा ९० रूपैयाँ ५० पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रूपैयाँ ७३ पैसा र बिक्रीदर १७२ रूपैयाँ ५० पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ४६ पैसा र बिक्रीमा २८ रूपैयाँ ५९ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ४३७ रूपैयाँ ९१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ९० पैसा र बिक्रीदर ३५५ रूपैयाँ ४९ पैसा तोकिएको छ।