साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक २९.२१ अंकले बढेको छ।
नेप्से १.३१ प्रतिशतले बढेर २२०४.६१ विन्दुमा बन्द भएको छ।
बिहीबार कारोबार रकम पाँच महिनायताकै उच्च रहेको छ। यसअघि गत माघ ७ गते सात अर्ब ५२ करोडको सेयर कारोबार भएको थियो।
आजको कारोबार त्यसयताकै उच्च हो।
बुधबार पाँच अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार सात अर्ब आठ करोड छ लाख ९८ हजार १४६ रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ३४ करोड रूपैयाँ वृद्धि भएको हो।
यस दिन ३३१ वटा धितोपत्रको दुई करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन बलेफी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४२१ रूपैयाँ ५० पैसा कायम भएको छ।
यस्तै, सिटिजन्स सुपर ३० म्युचुअल फण्डको मूल्य ९.९७ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ७१ पैसा पुगेको छ।
समाज लघुवित्तरको मूल्य सर्वाधिक ४.५९ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ९३२ रूपैयाँ कायम भएको छ।
यस्तै, साधना लघुवित्तको मूल्य ४.५६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ६७ रूपैयाँ कायम भएको छ।
बिहीबार सिइडिबी हाइड्रोपावको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १४२ रूपैयाँमा १५ करोड २५ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.३३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ग्लोबल आइएमइ बैंकको संस्थापक सेयर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता १०० रूपैयाँमा १४ करोड ८८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त र व्यापार समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको परिसूचक २.४२ प्रतिशतले बढेको छ।