मंगलबार अमेरिकी डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ भने अष्ट्रेलियन डलरको मूल्य घटेको छ।
राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३० पैसा र बिक्रीदर १३३ रूपैयाँ ९० पैसा कायम गरिएको छ।
सोमबार डलर एकको खरिददर १३३ रूपैयाँ २८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८८ पैसा कायम थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २ पैसा बढेको हो।
पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७० रूपैयाँ ९६ पैसा र बिक्रीमा १७१ रूपैयाँ ७३ पैसा पाइन्छ।
सोमबार पाउण्ड एकको खरिददर १७० रूपैयाँ ७३ पैसा र बिक्रीमा १७१ रूपैयाँ ५० पैसा तोकिएको थियो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर आज ८९ रूपैयाँ ८६ पैसा र बिक्रीदर ९० रूपैयाँ २६ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ११ पैसा घटेको हो।
आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ३५ पैसा र बिक्रीमा १४५ रूपैयाँ तोकिएको छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ७१ पैसा र बिक्रीमा ९८ रूपैयाँ १५ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५४ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ३१ पैसा र बिक्रीमा २८ रूपैयाँ ४३ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिदमा ४३५ रूपैयाँ ६२ पैसा र बिक्रीमा ४३७ रूपैयाँ ५८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५५ रूपैयाँ २१ पैसा तोकिएको छ।