साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १५.४६ अंकले बढेको छ।
यसदिन नेप्से ०.७३ प्रतिशतले बढेर २११९.६९ विन्दुमा बन्द भएको हो।
बिहीबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार पाँच अर्ब ८ करोड ३५ लाख २८ हजार ९३५ रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार छ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ४० करोड रूपैयाँ वृद्धि भएको हो।
यस दिन ३१३ वटा धितोपत्रको दुई करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९३ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन आँखुखोला जलविद्युतको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य २२७ रूपैयाँ ७० पैसा कायम भएको छ।
यस्तै, समाज लघुवित्तको सेयर मूल्य ९.२३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ९६० रूपैयाँ कायम भएको हो।
दोर्दी खोला जलविद्युतको मूल्य सर्वाधिक ४.७५ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४६१ रूपैयाँ कायम भएको छ।
यस्तै, १०.२५% सानिमा डिबेन्चर २०८९ को मूल्य ३.७५ ले घटेर एक हजार ७८ रूपैयाँ कायम भएको छ।
बिहीबार एनआरएन इफ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ७०८ रूपैयाँमा ३० करोड ९ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.६७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८८३ रूपैयाँमा १७ करोड ६४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ११ समूहको परिसूचक बढेको छ भने बाँकी दुई समूहको परिसूचक घटेको छ।
यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ।