बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९६ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९२ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको ४ पैसा बढेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ ४७ पैसा र बिक्रीमा १४४ रूपैयाँ ११ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ९६ पैसा र बिक्रीमा ८९ रूपैयाँ ३६ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ५० पैसा र बिक्रीमा ९७ रूपैयाँ ९४ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ३३ पैसा र बिक्रीदर १७० रूपैयाँ १० पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३१ र बिक्रीमा ३६ रूपैयाँ ४७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ २५ पैसा र बिक्रीमा २८ रूपैयाँ ३८ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३५ रूपैयाँ ०१ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ९६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ७६ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ३६ पैसा तोकिएको छ।