रिलायन्स स्पिनिङ मिल्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि पहिलो चरणमा साधारण सेयर (आइपिओ) निष्कासन गर्न लागेको छ।
बुक बिल्डिङ विधिबाट मूल्य तय भएको यो कम्पनीको आइपिओ असार २७ गतेदेखि बिक्री खुला हुनेछ। कम्पनीको प्रतिकित्ता सेयर मूल्य ८२० रूपैयाँ ८० पैसा कायम भएको छ।
सार्वजनिक निष्कासनको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको हो।
आइपिओमा न्यूनतम ५० कित्ता आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
साउन १० गतेसम्म बिक्री खुला रहेनछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहको छ।