एनआइसी एसिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ 'मास्टरकार्ड इसुएन्स' सेवा सुरू गरेको छ।
आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमकाबीच उक्त कार्ड सेवाको शुभारम्भ गरिएको हो।
डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट ग्राहकहरूले प्राप्त गर्न सक्नेछन्।
जसमा अत्याधुनिक सुरक्षा प्रविधि (इएमभी चिप) तथा अत्याधुनिक क्न्ट्याकलेस प्रविधि समेत प्रयोग गरिएको छ।
यस कार्डमार्फत ग्राहकहरूले नेपाल, भारत र भुटानबाट एटिएम विथड्रलको साथमा पिओएस तथा इ–कमर्स भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्नेछन्।
'डिजिटल फर्स्ट' बैंकको स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टरकार्डबीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुर्याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ।
बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेको थियो।
बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।