सेयर बजार परिसूचक नेप्से परिसूचक ४ प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको छ।
नेप्से ४ प्रतिशत बढेर २१३५ विन्दुमा पुगेको हो। बजार खुलेको एक मिनेटमै सर्किट ब्रेक लागेको हो। ८२.४८ अंकले बजार बढ्दा यतिखेरसम्म ८ करोड ६९ लाख रूपैयाँको सेयर किनबेच भएको छ।
बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। २० मिनेटपछि नेप्सेमा पुनः सेयर कारोबार खुल्नेछ।
त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।
सरकार परिवर्तन हुने भएपछि सेयर बजारमा उत्साह आएको छ। नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार सेयर बजारमा रौनकता आएको हो।