मंगलबार अमेरिकी डलर, अष्ट्रेलियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ।
राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८१ पैसा कायम गरिएको छ।
सोमबार डलर एकको खरिददर १३३ रूपैयाँ १२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७२ पैसा कायम थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ९ पैसा बढेको हो।
पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६८ रूपैयाँ ८० पैसा र बिक्रीमा १६९ रूपैयाँ ५६ पैसा पाइन्छ।
सोमबार पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ३२ पैसा र बिक्रीमा १६९ रूपैयाँ ०८ पैसा तोकिएको थियो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रूपैयाँ ८८ पैसा र बिक्रीदर ८९ रूपैयाँ २८ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसा बढेको हो।
आज युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ १७ पैसा र बिक्रीमा १४३ रूपैयाँ ८२ पैसा तोकिएको छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३० पैसा र बिक्रीमा ९७ रूपैयाँ ७४ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ २६ पैसा र बिक्रीमा २८ रूपैयाँ ३९ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ६३ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ५९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९४ पैसा तोकिएको छ।