साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक १४.८३ अंकले घटेको छ।
नेप्से ०.७२ प्रतिशतले घटेर २०३७.०९ विन्दुमा बन्द भएको छ।
यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बिहीबार तीन अर्ब ७१ करोड ५९ लाख तीन हजार ८२४ रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार ४०७ रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ११ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३२० वटा धितोपत्रको ९१ लाख ७८ हजार ८९५ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० वटाको घटेको छ। यस्तै, ७ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य सर्वाधिक ७.०६ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २७४ रूपैयाँ कायम भएको छ।
मौलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ५.७६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६९८ रूपैयाँ कायम भएको छ।
मनकामना स्मार्ट लघुवित्तको मूल्य सर्वाधिक ९.३० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २१९ रूपैयाँ ९० पैसा कायम भएको छ।
यस्तै, साधना लघुवित्तको मूल्य ८.७७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ४० रूपैयाँमा झरेको छ।
आइतबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ९७० रूपैयाँमा १२ करोड ८८ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.३३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जानकी फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५९६ रूपैयाँमा ११ करोड ९८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ प्रतिशतभन्दा कमले बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको हो।
यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशतले घटेको छ।