बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ४२ पैसा र बिक्रीदर १३४ रूपैयाँ ०२ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २० पैसा र बिक्रीदर १३३ रूपैयाँ ८० पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको २२ पैसा बढेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४२ रूपैयाँ ५१ पैसा र बिक्रीमा १४३ रूपैयाँ १५ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ७६ पैसा र बिक्रीमा ८९ रूपैयाँ १६ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८६ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ६४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४० पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६० पैसा र बिक्रीमा ३६ रूपैयाँ ७६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३२ र बिक्रीमा ३६ रूपैयाँ ४९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ३१ पैसा र बिक्रीमा २८ रूपैयाँ ४४ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ८८ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ८३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ५१ पैसा तोकिएको छ।