बुधबार नेप्से परिसूचक ११.६० अंकले घटेको छ।
नेप्से ०.५६ प्रतिशतले घटेर २०६०.१६ विन्दुमा बन्द भएको छ।
यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार चार अर्ब १८ करोड ७७ लाख ९६ हजार ८८३ रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार चार अर्ब पाँच करोड ८० लाख ४७ हजार ७३४ रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १३ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३०५ वटा धितोपत्रको ८७ लाख २७ हजार १६४ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ वटाको घटेको छ। यस्तै, तीन कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन नेपाल फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.५५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३० रूपैयाँ कायम भएको छ।
शिवश्री हाइड्रोपावरको सेयर मूल्य ७.२६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य १९२ रूपैयाँ कायम भएको छ।
साधना लघुवित्तको मूल्य सर्वाधिक ६.३८ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २१५ रूपैयाँ कायम भएको छ।
यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीको मूल्य ५.२५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २८३ रूपैयाँ १० पैसामा झरेको छ।
बुधबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता एक हजार ३० रूपैयाँमा १६ करोड ४६ लाखको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा गुडविल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१७ रूपैयाँ ३० पैसामा १५ करोड १६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक १ प्रतिशतभन्दा कमले बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको हो।
यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशतले घटेको छ।