चालुपुँजी कर्जा मापदण्डमा पुनर्विचार गर्नुपर्ने समय भएको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बताएका छन्।
आर्थिक पत्रकार समाजले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रममा अग्रवालले यस्तो बताएका हुन्।
व्यवसायीहरूले कोभिडकालीन समयको जस्तो सुविधा नखोजेको अग्रवालले दोहोर्याए।
तर, पछिल्लो समय आएको चालु पुँजी कर्जा र सम्पत्ति वर्गीकरणको व्यवस्थाले भने समस्या परिरहेको उनले बताएका छन्।
चालुपुँजी कर्जामा कारोबारलाई आधार लिएको तर नयाँ व्यवसायको कारोबार खासै नहुने भएकोले पनि नयाँ व्यवसाय आउन नसकिरहेको उनले बताए।
अहिले वास्तविक क्षेत्र नै चलायमान हुनुपर्छ भनिरहँदा यी प्रावधानले समस्या रहेकोले अब यो मापदण्डमा पुनर्विचार गर्नुपर्ने पनि उनले बताए।
उनले बैंक तथा वित्तीय संस्थाहरूले जारी गर्ने कर्जाको ब्याज बढ्दा ६ प्रतिशतले बढेको तर घट्दा २.५ प्रतिशतसम्म मात्र घटेकोले अझै उद्योगी व्यवसायीको आत्मविश्वास बढ्न नसकेको समेत बताए।