ग्लोबल आइएमई बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ।
बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको हो।
उक्त एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या ३८४ पुगेको छ।
यसैगरी, विमानस्थलकै आन्तरिक टर्मिनलमा रहेको एटिएमलाई सेल्फी लिने स्थानमा स्थानान्तरण गरिएको छ। दुवै टर्मिनलमा रहेका एटिएम मेसिन २४ सै घण्टा सञ्चालनमा रहने छन्।
बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर एवम् ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।