मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
आज नेप्से १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा बन्द भएको छ।
यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ।
आइतबार पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार ८८४ रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ४२ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३१८ वटा धितोपत्रको ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ४० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ वटाको घटेको छ। यस्तै, ९ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन समाज लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता दुई हजार ४०९ रूपैयाँ कायम भएको छ।
यस्तै, माण्डु हाइड्रोपावरको सेयर मूल्य ७.८३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार पाँच रूपैयाँ कायम भएको छ।
मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखरी हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतका दरले घटेको छ।
उक्त कम्पनीहरूको प्रति कित्ता मूल्य क्रमशः एक हजार ६२० रूपैयाँ र एक हजार ५५७ रूपैयाँ कायम भएको छ।
मंगलबार बरूण हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ३०८ रूपैयाँ १० पैसामा ११ करोड २७ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.३३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३० रूपैयाँमा ११ करोड १३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशतले घटेको भने लघुवित्त समूहको परिसूचक १.०४ प्रतिशतले घटेको छ।