किनमेलका क्रममा हिमालयन बैंकको कार्डबाट रकम भुक्तानी गरेमा १० प्रतिशत खातामै फिर्ता हुने भएको छ।
यस योजना अन्तर्गत, बैंकका ग्राहकले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १० प्रतिशतसम्म फिर्ता पाउने छन्।
यो योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालका कुनै पनि पोइन्ट अफ सेल (पिओएस) मेशिन वा अनलाइनबाट सामानहरु खरिद गर्नुपर्ने हुन्छ।
पिओएस मेशिनबाट सामान खरिद गर्दा ५ प्रतिशत र अनलाइनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन्। उक्त नगद फिर्ता योजनामा बैंकले ग्राहकहरुको खातामा नेपाली महिनाको अन्त्यमा नगद फिर्ता गर्ने बताएको छ।
नेपालको बैंकिङ्ग क्षेत्रमा एटिएम सुरुवात गर्ने पहिलो बैंकका रुपमा आफूलाई दावी गर्दै आएको हिमालयनका मुलुक भर ९५ वटा भन्दा एटिएम काउन्टरहरु संचालनमा छन्।
३००० भन्दा बढी पिओएस मेसिनहरु संचालनमा छन्। यो योजना कुनै पनि नेपाली अनलाईनबाट वा कुनै पनि बैंकका पिओएस मेशिनबाट सामान खरिद गर्दा लागू हुने बैंकले जनाएको छ।