टाटा मोटर्सको नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले योद्धा पिकअप नेपाली बजारमा ल्याएको छ।
बिहिबार राजधानीमा एक कार्यक्रम अायोजना गरी कम्पनीले उक्त गाडि बजारमा ल्याएको जानकारी दिएको हो ।
नेपालको सडकको लागि निकै उत्कृष्ट दाबी गरिएको यसको पिक अप ग्राउण्ड क्लियरेन्स २१० एमएम रहेको कम्पनीले बताएको छ ।
२० लाख ५० हजार रुपैयाँ मूल्य निर्धारण गरिएको योद्धामा ८५ एचपीको ३.० लिटरको इञ्जिन छ जसले २५० एन.एम टर्क उत्सर्जन गर्छ। यसको अगाडि हाइड्रोलिक, ट्वीन पट क्यालिपर डिक्स ब्रेक र पछाडि ड्रम ब्रेक समावेश छ।
अधिक सुरक्षाको लागि फराकिलो १६ इञ्चको टायर र आरामदायिक यात्राको लागि पिकअप अन्यको भन्दा फरक रहेको छ । यसमा ३ जनाको लागि आरामदायिक सिट रहेको छ।
यसमा ड्युअल रिडिङको साथमा ट्रिप मिटर रहेको छ जसले गाडिको गति र यात्रा अवधिभरको रुटलाई सजिलै ट्रयाक गर्न सकिन्छ।
उक्त गाडि १० हजार किलोमिटर वा ६ महिनामा एक पटक सर्भिसिङ गरे पुग्ने र ग्रिजिङ गर्नु नपर्ने कम्पनीले दाबी गरेको छ।
४५ लिटर इन्धन क्षमता रहेको योद्धाको कम्पनीले ३ वर्ष वा ३ लाख किलोमिटरको वारेण्टी दिएको छ।
टाटा मोटर्स नेपालको नम्बर एक ब्राण्डको रुपमा चिनिएको र टाटा योद्धाले नेपालीहरूको अझै धेरै मन र विश्वास जित्नेमा आफू विश्वस्त रहेको टाटा मोटर्स लिमिटेडका कमर्सियल भइकल इण्टरनेशनल बिजनेश यूनिटका भाइस प्रेसिडेण्ट रुद्ररुप मैत्रीले बताए।
त्यसैगरी, उनले अबको ६ महिनाभित्र योद्धा प्ल्याटफर्म अन्तरर्गत नयाँ भेरिएण्ट थप्ने जानकारी दिए।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ प्रालिका अध्यक्ष एस जेबि रानाले टाटा योद्धा नेपाली सडकको लागि निकै उत्कृष्ट रहेकोले अत्यधिक रुचाइने दाबी गरे।