सांग्रिला मोटर्स प्रालिले आफ्नो भव्य कार्यक्रम ‘व्हील्स अफ सेलिब्रेसन्स’ आगामी भदौ १८ गतेदेखि २२ गतेसम्म उत्तरढोका शोरुममा आयोजना गर्ने भएको छ।
पाँच दिनसम्म चल्ने यस उत्सवमा गाडी प्रेमी र परिवारका लागि रोचक अनुभव, अन्तक्र्रियात्मक गतिविधि तथा विशेष अफरहरु प्रस्तुत गरिनेछ।
कार्यक्रममा सहभागी हुनेहरूले लिपमोटर, सिट्रोन र पूजोका नवीनतम मोडेल टेस्ट ड्राइभ गर्ने अवसर पाउनेछन्।
जसले आधुनिक प्रविधि र आरामदायी ड्राइभिङको प्रत्यक्ष अनुभव प्रदान गर्नेछ। प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहारसमेत उपलब्ध हुनेछ।
यस कार्यक्रमलाई थप रमाइलो बनाउन रोचक खेलहरु तथा बालबालिकाका लागि छुट्टै किड्स जोन समेत राखिएको छ। जसले यसलाई सम्पूर्ण परिवारका लागि उपयुक्त स्थल बनाउनेछ।
साथै, सहभागीहरूले आफ्ना पुराना सवारीसाधन तत्कालै मूल्याङ्कन गराउन वा साटासाट गर्न सक्ने सुविधा पाउनेछन्।
कार्यक्रममा गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकलाई सोल्टी वेस्टएन्ड रिसोर्टमा निशुल्क १ रात २ दिनको बसोबास सुविधा उपहार स्वरूप दिइने कम्पनीले बताएकाे छ।