ओमोडा एण्ड जेकुको आधिकारिक वितरक ईलाइट मोटर्स प्रालिले पोखरामा नयाँ ओमोडा एण्ड जेकु शोरूमको औपचारिक उद्घाटन गरेको छ।
यस अवसरमा गण्डकी प्रदेशमा नयाँ जेकु जे–५ पनि सार्वजनिक गरिएको छ।
पोखराको शिवचोक–१० मा अवस्थित नयाँ शोरूम ३–एस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहित पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ।
झण्डै २० हजार वर्गफुट क्षेत्रफलमा फैलिएको यो शोरूमले ग्राहकहरूलाई एउटै स्थानमा सवै सेवा उपलब्ध गराउँछ।
नाइमा एक्स्पोमा पहिलोपटक प्रदर्शित गरिएको जेकु जे–५ गाडी शक्तिशाली विशेषता र आकर्षक डिजाइनका कारण लक्जरी एसयुभी वर्गमा छुट्टै पहिचान बनाउन सफल छ।
जेकु जे–५ मा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, वर्गमै अगाडि रहेको प्यानोरामिक सनरूफ, १८ इन्चको अलोय ह्वीलसहितको स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज, र ४८० लिटरको बुट स्पेस जस्ता सुविधाहरू छन्।
‘पोखरा हाम्रो लागि प्रमुख बजार हो। नयाँ शोरूम र प्रिमियम उत्पादनमार्फत ग्राहकलाई अझ उन्नत अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई हामीले पुनः सुनिश्चित गरेका छौँ। जेकु जे५ हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो गतिशीलता प्रोत्साहन गर्ने हाम्रो मिशनको प्रतीक हो,’ ईलाइट मोटर्स प्रालिका प्रबन्ध निर्देशक गोपाल बरालले भने।