नेपाल इन्भेष्टमेण्ट मेगा(एनआइएमबी) बैंकले ग्राहकहरूका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक ब्याजदरमा सजिलै गाडी खरिद गर्न सक्नेछन्।
बैंकले हालको लागि गाडी कर्जाको ब्याजदर ६.२९ प्रतिशत कायम गरेको छ, जुन भदौ महिनाको आधारदर ५.७९ प्रतिशतमा ०.५ प्रतिशत थपेर निर्धारण गरिएको हो।
दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको अवसरमा नयाँ गाडीको सपना पुरा गर्न चाहने ग्राहकहरूलाई थप सहजता दिने बैंकको अपेक्षा छ।
सीमित समयका लागि लागू हुने यो विशेष सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका देशभरका शाखा मार्फत उपलब्ध हुनेछ।
बैंकले २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटीएम र ६० शाखारहित बैंकिङ्ग मार्फत अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ।