यामाहा नेपालले नाडा अटो शो २०२५ मा आफ्ना दुई मोटरसाइकलका नयाँ भेरियन्ट प्रस्तुत गरेको छ।
कम्पनीले एमटी–१५ भीटु को ‘आइस स्टर्म’ र ‘भिभिड भायोलेट मेटालिक’ तथा एफजेड–एस भिथ्री डिलक्सको ‘आइस फ्लुओ भर्मिलियन’ सार्वजनिक गरेको हो।
भृकुटीमण्डपमा रहेको यामाहा ब्लु च्याम्बरमा सम्पन्न अनावरण कार्यक्रममा एमएडब्लु राइड्स प्रालिका अध्यक्ष विष्णु कुमार अग्रवाल र नाडा अध्यक्ष करण चौधरी उपस्थित थिए।
नाडा अटो शो भदौ ३ देखि ८ गतेसम्म सञ्चालन हुँदैछ। यस अवधिमा आगन्तुकहरूले नयाँ मोडेल प्रत्यक्ष अवलोकनसँगै ७ हजार रुपैयाँसम्म छुट, मोटो जिपी रेस प्रत्यक्ष हेर्ने मौका तथा एमटी सिरिज बुकिङमा प्रिमियम ज्याकेटजस्ता विशेष अफर पाउनेछन्।