चिनियाँ विद्युतीय सवारी (इभी) ब्रान्ड जिली इएक्स–५ र जेवाई एयर नाडा अटो–शोमा सार्वजनिक भएको छ।
सार्वजनिक भएसँगैं जिली इएक्स–५ म्याक्स र प्रो साथै जेवाई एयर अल्ट्रा र लाइट अत्याधुनिक सुविधाहरू र आकर्षक छुटसहित नेपाली उपभोक्ताहरूका लागि आजदेखि टेष्ट ड्राइभ र खरिदका लागि उपलब्ध भएका छन्।
ड्रिमस्मार्ट चाइनाको अधिकृत आयातकर्ता एलआरआर मोटर्सले नेपालमा जिली इएक्स–५ भित्र्याएको हो। एलआरआर मोटर्स जेवाई अटो ग्रुपको नेपालको लागि आधिकारिक आयातकर्ता रहेको छ।
यस वर्षको नाडा अटो–शोमा कम्पनीले अटोप्रेमी र खरिदकर्ताहरूका लागि विशेष छुट योजना घोषणा गरेको छ।
अब ग्राहकहरूले आकर्षक जिली इएक्स–५ म्याक्स ६४ लाख ९९ हजार रूपैयाँमै घर लैजान सक्नेछन्, जुन वास्तविक मूल्य भन्दा तीन लाख न्यून हो। त्यस्तै, स्टाइलिस जिली इएक्स–५ प्रो ५४ लाख ९९ हजार रूपैयाँ उपलब्ध छ, जसको वास्तिवकि मूल्य ५८ लाख कायम भएको थियो।
त्यसैगरी, जेवाई एयरका प्रिमियम मोडलहरूमा पनि आकर्षक छुट योजना ल्याइएको छ। सुरुमा ६८ लाखको मूल्य रहेको जेवाई एयर अल्ट्रा अहिले ६४ लाख ९९ हजारमा उपलब्ध छ भने सुरूमा ५४ लाख मूल्य भएको जेवाई एयर लाइट केबल ४९ लाख ९९ हजार रूपैयाँमा खरिद गर्न सकिनेछ।
यी विशेष अफरहरूसँगै एलआरआर मोटर्सले स्टाइल, फिचर र दिगोपनामा रुचि राख्ने नेपाली उपभोक्ताहरूमाझ ई–मोबिलिटीलाई अझ सहज र आकर्षक बनाउन लागेको छ।
यसैगरी, एलआरआर मोटर्सले जिली इएक्स–५ र जेवाई एयर दुवै मोडल खरिद गर्ने ग्राहकहरूका लागि विशेष बुकिङ योजना पनि घोषणा गरेको छ।
२ लाखको बुकिङ रकम फिर्ता नहुनेगरि बुकिङ गर्ने खरिदकर्ताले छुटसहितको मूल्य सुनिश्चित गर्नुका साथै आइफोन–१६ प्रो म्याक्स वा एकतोला सुन वा एक लाख ८० हजारसम्मको नगद छुट मध्ये कुनै एक पाउने अवसर प्राप्त गर्नेछन्।
यो सीमित अवधिको अफरले ग्राहकलाई थप मूल्य प्रदान गर्नुका साथै इ–मोबिलिटीलाई अझ आकर्षक बनाउने कम्पनीको विश्वास छ।