एनएमबी बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै दसैं–तिहार लक्षित विशेष अटो लोन योजना सार्वजनिक गरेको छ।
यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन किन्न सक्नेछन्।व्यक्तिगत विद्युतीय सवारी साधन किन्न इच्छुक ग्राहकलाई यो योजना सीमित अवधिका लागि उपलब्ध हुने बताइएको छ।
बैंकले सजिलो किस्तामा ऋण उपलब्ध गराउनेछ। एनएमबी बैंकले यस अवसर मार्फत वातावरणमैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नेपाली बजारमा हरित प्रविधिको निर्माणमा सहयोग पुर्याउने लक्ष्य राखेको छ।
दिगो विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले ग्राहकहरूलाई हरित सवारी साधन किन्न प्रोत्साहित गर्ने भएको हो।
थप जानकारी एनएमबी बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको एनएमबी बैंकको स्टलबाट सम्पूर्ण जानकारी लिन सकिने बैंकले उल्लेख गरेको छ।
एनएमबीर बैंकले हाल देशभरि २०१ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्स्टेन्सन काउण्टरहरू मार्फत उत्कृष्टस्तरको सेवा प्रदान गर्दै आइरहेको छ।