डाट्सन गाडीको नेपालको लागि आधिकारिक विक्रेता पायोनिर मोटो कप प्रालिले सन् २०१४ मा ‘गो’ सार्वजनिक गर्यो। कम्पनीले यसलाई मध्यम वर्गीय परिवार केन्द्रीत गरेर बजारमा ल्याएको जनाएको छ।
नेपालभर ‘गो’ को सेल्स करिब ३ हजार ५ सय भएको कम्पनीको दाबी छ।
इन्ट्रि लेबल अर्थात् पहिलो पटक कार किन्नेको लागि डाट्सन् ‘गो’ उत्कृष्ट विकल्प भएको पायोनिर मोटो कपका पर्चेज डिभिजनका सिनियर म्यानेजर दिपेन प्रधानको दाबी छ।
‘आर्थिक हिसाबले पनि यो मध्यम वर्गीय परिवारको लागि उपयुक्त छ, त्यस्तै स्पेयर पाटर्स र मर्मत शुल्क नेपालमा चलेका गाडीहरूमध्ये सबै भन्दा सस्तो छ’, उनले भने।
‘गो’ले सहरमा १३ देखि १४ किलोमिटर र राजमार्गमा १६ देखि १७ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दाबी छ।
२ वटा भेरियन्टमा उपलब्ध यो कारको मूल्य बेस मोडलको २२ लाख ६९ हजार रुपैयाँ र टप मोडलको २३ लाख ६९ हजार रुपैयाँ निर्धारण गरिएको छ।
१ हजार २ सय सिसिको यो कारलाई १८८ मिलिमिटरको ग्राउण्ड क्लियरेन्सले नेपालको बाटो सुहाउँदो बनाएको छ।
‘यसमा एसी, सेन्ट्रल लक, पावर विन्डो, पावर स्ट्रेरिङ, एयर ब्याग लगायतका धेरै फिचर्सहरू समावेश गरिएको छ,’ उनले भने। नेपालमा यति थोरै मूल्यमा यति राम्रा फिचर्स भएका गाडी नपाउने प्रधानको दाबी छ।
‘धेरै पैसा कमाउनेले मात्र गाडी चढ्ने भन्ने मान्यतालाई डाट्सनले परिवर्तन गरेको छ’, उनले भने ‘नेपाली बजारमा राज गरिरहेका पुराना ब्राण्डहरूलाई यसले टक्कर दिइरहेको छ।’
इन्ट्रि लेबलमा डाट्सनको मार्केट सेयर निकै अगाडि भएको कम्पनीको दाबी छ। पेट्रोल इन्जिनमा उपलब्ध ‘गो’ मोटरसाइकलबाट कारमा अपग्रेड हुन चाहेका लागि उत्कृष्ट विकल्प हुने कम्पनीको भनाइ छ।
‘गो’ को खरिदमा कम्पनीले फाइन्यान्सिङ स्किम, क्यास डिस्काउन्ट, कुनैपनि ब्राण्डका गाडीको एक्सचेन्ज अफर पनि ल्याएको छ। कम्पनीले यसमा ३ वर्ष वा ३० हजार किलोमिटर वारेन्टीे प्रदान गरिरहेको जनाएको छ।
त्यसैगरी ‘गो’ को खरिदमा १ लाख ३० हजार बराबरको एसोसरिज, एक वर्षको इन्सोरेन्स, एक वर्षको रोड ट्याक्स, नामसारी खर्च र १ लाख ५० हजार क्यास डिस्काउन्ट दिइने प्रधानले जानकारी दिए।
https://youtu.be/n8a2onflrUI