यामाहा मोटरसाइकल तथा स्कूटरको नेपालको लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले २०१५ मा फ्यासिनो स्कूटर भित्राएको हो।
कम्पनीका अनुसार उक्त स्कूटर डिजाइन क्लासिक जुन अहिले नेपालका युवा वर्गको रोजाइमा पर्न सफल भएको एमएडब्लू इन्टरप्राइजेज (यामाहा)का शो रुम इन्चार्ज सुमन मास्केले दाबी गरे।
‘फ्यासिनोले यामाहाका अन्य स्कूटरभन्दा पनि राम्रो प्रतिक्रिया पाइरहेको छ, ग्राहकले विशेषत यसको स्टाइल, डिजाइन र कम्फर्ट मन पराउनु भएको छ’ उनले भने।
यसलाई क्लासिक लुक्स दिन क्रोम फिनिसिनङ दिइएको मास्केले बताए। फ्यासिनो हालसम्म करिब ४० हजारभन्दा धेरै सेल्स भएको कम्पनीको दाबी छ।
फ्यासिनोमा चालकलाई भूई टेक्न सजिलो होस् भन्ने हेतुले सिटको अघिल्लो भाग थोरै तल झुकाइएको छ।
यसको न्यूनतम ग्राउण्ड क्लियरेन्स १२८ मिलिमिटरको छ भने यसमा प्रयोग गरिएको टेलिस्कोपिक सकले उबड–खाबड बाटोमा चलाउन सहज हुने र धेरै थकान महसुस नहुने कम्पनीको दाबी छ।
त्यसैगरी यसलाई क्लासिक देखाउन कम्पनीले स्टाइलिस स्पिडोमिटर, थ्रिडीमा फ्यासिनो लेखिनुको साथै पछाडिको भाग आकर्षक बनाइएको छ।
यसमा २१ लिटरको बुट स्पेस छ जसमा हेल्मेट लगायत अन्य सामान्य सामान राख्न सकिन्छ।
१ सय १३ सीसीको फ्यासिनोले ७५०० आरपिएम मा ७.१ पिएस पावर दिन्छ भने ५००० आरपिएम मा ८.१ एनएम टर्क उत्सर्जन गर्छ।
फ्यासिनोले काठमाडौंमो सडकमा ४० देखि ४५ र हाइवेमा ४५ देखि ५० किलोमिटर माइलेज दिने मास्केको दाबी छ।
यसमा भएको ब्लू कोर इन्जिनले चाहिने मात्र फ्यूल खपत गर्ने कम्पनीले जनाएको छ। कम्पनीले हाल यसको मूल्य १ लाख ९४ हजार ९ सय कायम गरेको छ।
https://youtu.be/wpo0cxgInlE