भारतमा भइरहेको गोलभेँडाको निर्यात करिब रोकिएको छ।
गत असारमा मात्रै नेपालबाट ११ लाख रूपैयाँ बराबरको गोलभेँडा निर्यात भएकोमा चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन) मा ३८ हजार किलो गोलभेँडा भारत निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
सो परिमाणको गोलभेँडा निर्यात भएबापत नेपालमा नौ लाख ८९ हजार भित्रिएको छ।
निरन्तर वर्षाको कारण निर्यात गर्न समस्या भएको हो। कोल्डस्टोर नहुँदा गोलभेँडा कुहिएकाले किसान निरूत्साहित भएका छन्।