कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाल धान रोपाइँमा सहभागी भएका छन्।
शुक्रबार राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी भएर मन्त्री भुसालले धान रोपेका हुन्।
उनले रोपाइँ महोत्सवमा मन्त्री भुसालले हातले र राइस ट्रान्सप्लानरले धान रोपे।
उनले यो वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका निम्ति नगन्य भए पनि बजेट विनियोजन गरेको बताए।
उनले बाँझो जमिन उपयोग गर्न कृषि मन्त्रालयले बजेट पाउन नसक्नुको प्रमुख बाधक योजना आयोग भएको आरोप लगाए।
उनले योजना आयोगले पहिला नै सिलिङ तोकेर पठाएकाले कृषि मन्त्रालयको सिलिङमा बजेट कटौती भएको बताए।
उनले कार्यक्रममा सहभागी योजना आयोगका सदस्यलाई योजना आयोगमा बसेर बजेट नदिने तर कृषि कार्यक्रममा आएर ठूला कुरा नगर्न चेतावनी दिए।उनले अहिले मलको अभाव नभएको दाबी गरे।
उनले रोपाइँमा सहभागी हुनुभन्दा पहिला भएको कार्यक्रममा बोल्दै मन्त्री भुसालले केही वर्ष पहिला खेती भएको १० लाख ३० हजार हेक्टर जमिन अहिले बाँझो रहेको बताए।
उनले नेपालको १० लाख ३० हजार हेक्टर बाँझो जमिनमा खेतीपाती गर्न थालेमा उत्पादन वृद्धि गरी खाद्यान्न निर्यात गर्ने अवस्थामा पुग्न सक्ने दाबी गरे।
उनले भने, ‘१० लाख ३० हजार हेक्टर जमिन केही वर्ष अघि खेती भएको अहिले बाँझो छ। जमिन बाँझो पर्नुका विभिन्न कारण छन्। पहिलो भनेको मानिसहरूको जीवन शैलीमा आएको परिवर्तन हो। मानिसहरूको जीवनशैली गाउँले परिवेशबाट सहरिया परिवेशमा परिवर्तन हुने अवस्था आएको छ। पहाडबाट तराई वा सहरतिर बसाइ सर्ने प्रवृत्ति विकास हुनु जमिन बाँझो रहनुको मुख्य कारण हो।’
उनले जमिन बाँझो हुनुमा मानिसहरूको जीवनशैलीमा आएको परिवर्तन, पहाडबाट तराई वा सहरतिर बसाइ सर्ने प्रवृत्तिको विकास, युवाहरू विदेशी जानु र सरकारले पर्याप्त सेवा सुविधाहरू पुर्याउन नसक्नु प्रमुख कारण भएको बताए।
‘युवाहरू वैदेशिक रोजगारीमा जानु र सरकारले पर्याप्त सेवा सुविधाहरू पुर्याउन नसक्नु तथा जंगली जनावरहरूको कारण हो। अब फेरि हामीले बाँझो जमिनमा खेतीपाती गर्न थाल्यौं भने उत्पाद वृद्धि गर्छौं। उत्पादन वृद्धि भएमा फेरि अन्न निर्यातको अवस्थामा पुग्नसक्छौं। यसतर्फ ध्यान दिएर काम गर्नु पर्ने अवस्था छ। यो वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका निम्ति काम गरौं भनेको थोरै बजेट विनियोजन गरेको छ। तर बजेट अपुग छ। बाँझो जमिन उपयोग गर्न कृषि मन्त्रालयले बजेट नगन्य हुनुको प्रमुख बाधक योजना आयोग हो। योजना आयोगले पहिला नै सिलिङ तोकेर पठाउँछ।’
उनले अघि थपे, ‘कृषि मन्त्रालयको सिलिङमा पनि कटौती गर्छ। योजना आयोगले कृषि क्षेत्रको कार्यक्रममा आएर गुनासो गरेर हुँदैन। काम गर्ने ठाउँमा गर्नुपर्छ। योजना आयोगमा बसेर बजेट नदिने अनि ठूला कुरा गरेर हुन्छ! प्रधानमन्त्री र अर्थमन्त्रीसँग आग्रह गरेपछि कृषि मन्त्रालयको बजेट नघटाउने अवस्था पुगियो । सरकारले यो वर्ष कृषि क्षेत्रमा जे जस्ता कार्यक्रमहरु ल्याएको छ ती कार्यक्रम सफल बनाउनको लागि अभियान सञ्चालन गरौं। यो वर्ष ढिलै भए पनि मनसुन सुरू भएको छ।’
उनले मलको अभाव भयो भनेर राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटो खिचेर प्रचार गरिएको बताए।
‘दाबीका साथ भन्छु। अहिले मलको अभाव छैन। राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटो खिचेर मलको अभाव भनेर प्रचार गरियो। अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात छ। मल वितरणमा बदमासी भएको छ। मल वितरणमा बदमासी भएको ठाउँमा कारबाही गर्छु। दाङका मेयरले मलाई भोट हाल्ने भन्दा बाहेकलाई मल नदिने भन्दै हिँडेका छन्। किसान विरोधी अभियान चलाइएको छ।’
उनले मलको अभाव नभएर केही ठाउँमा मल वितरणमा बदमासी भएको भन्दै छानबिन गरी कारबाही गर्ने चेतावनी दिए।