चालु आर्थिक वर्ष २०७९/८० को कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्र (कृषि, वन तथा मत्स्यपाल) को योगदान घट्ने भएको छ।
२०७९/८० को आर्थिक सर्वेक्षणले यो आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ०.६ प्रतिशतले घट्ने अनुमान गरेको हो।
गत आर्थिक वर्ष २०७८/७९ मा यस्तो योगदान २४.७ प्रतिशत थियो भने यो वर्ष २४.१ प्रतिशत रहने अनुमान गरिएको छ।
गत आर्थिक वर्षमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धि २.२ प्रतिशतले वृद्धि भएकोमा चालु आर्थिक वर्षमा यस्तो वृद्धिदर २.७ प्रतिशत रहने अनुमान छ।
धान लगायत वर्षे बालीको उत्पादनमा वृद्धि भएता पनि हिउँदे बालीको साथै दूध, अण्डा तथा मासुको उत्पादनमा केही ह्रास भएको हुँदा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य वृद्धि हुने अनुमान छ।