केही असमय अगाडि अस्वभाविकरुपमा आकाशिएको तरकारीको भाउ विस्तारै घट्न थालेको छ।
निरन्तरका चुनावी गतिविधिले उत्पादन घटेकाे तथा स्थानीय स्तरमै खपत बढ्दा मूल्य बढेकाे सराेकारवालाहरुकाे भनाइ थियाे।
तर चौतर्फी आलोचना हुन थालेपछि सरकार तरकारी बजार अनुगमनमा निस्किएपछि भने तरकारीको मूल्य बिस्तारै घट्न थालेको हो।
एक हप्ताको अघिको तरकारीको दर अहिले ४० प्रतिशतसम्मले घटेको छ। यस अवधिमा प्रति केजी बोडी ४०, ब्रोकाउली ३०, भान्टामा ३० तथा गोलभेडा २० रुपैंयाँले घटेको छ।
त्यस्तै प्रति केजी आलु, बन्दा, काउली, घिउ सिमी, मोटरकोसा लगायतका तरकारीमा १० रुपैंयाँले गिरावट आएको छ। यद्यपी याे बीचमा चर्चा भएकाे गाेलभेँडाकाे मूल्य भने खासै घटेकाे छैन।
यस्ताे छ एक हप्ताकाे तुलनात्मक मूल्य