बेलायतबाट नेपाल जाने हवाई उडान प्रतिवन्धलाई नेपाल सरकारले हटाउने निर्णय गरेको छ। नेपाल सरकारको बिहीबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टिनसम्बन्धी आदेश, २०७७ जारी गर्दै उडान प्रतिवन्ध हटाउने भएको हो।
नेपाली दूतावास लन्डनबाट जारी सूचनामा संयुक्त अधिराज्य बेलायत, आयरल्याण्ड र माल्टाबाट नेपाल भ्रमण गर्ने सम्पूर्ण यात्रुले सशर्त उडान गर्न पाउने बताईएको छ।
यात्रुले यात्रा गर्नुअघि दूतावासमा जानकारी गराउनुपर्ने, ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट, नेपालमा गएर होटेल क्वारेन्टिन बस्न होटेल बुक गरेको प्रमाण साथमा हुनुपर्ने लगायतका शर्त राखेको छ।
बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेपछि विगत ५ हप्तादेखि बेलायतबाट नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो।
बेलायतबाट नेपाल यात्रा प्रतिवन्धको कारण यात्रा गर्न अत्यावश्यक हुने कयौं नेपाली समस्यामा थिए ।
नेपाली दूतावास लन्डनबाट जारी सूचना: