संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई बेलायत भ्रमणमा जाने भएका छन्।
मन्त्री भट्टराई नोभेम्बेर ४ देखि ७ सम्म लण्डनको एक्सेल एक्जिविसन सेन्टरमा हुन गइरहेको वर्ल्ड ट्राभल मार्टमा सहभागी हुन बेलायत जाने भएका हुन् ।
एक साता लामो भ्रमणका क्रममा भट्टराई नेपाली दूतावास लण्डनले आगामी मंगलबार दूतावास भवनमा आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुने छन्।
नेपाली दूतावास लण्डन र नेपाल पर्यटन बोर्डको आयोजनामा हुन लागेको नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन समारोहमा विदेशी पर्यटन क्षेत्रका पाहुनाहरुको उल्लेख्य सहभागिता हुने बताइएको छ।
त्यसैगरी आगामी आइतबार बेलायत अल्डरसटको एम्पायर हलमा गैर आवासीय नेपाली संघ बेलायतको आयोजनामा हुन लागेको एक अन्तरकृया कार्यक्रमलाई समेत मन्त्री भट्टाराईले सम्बोधन गर्ने छन्।
कार्यक्रममा एनआरएनको पहलमा जनस्तरबाट नेपाल भ्रमण वर्ष २०२० लाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने बारे छलफल हुने संघका महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका छन्।
झन्डै १८२ देशका ५० हजार भन्दाबढीको सहभागितामा हुन लागेको वल्र्ड ट्राभल मार्ट (डब्लुटिएम) नेपाललाई प्रवद्र्धन गर्ने राम्रो अवसर भएको जानकारहरु बताउँछन्।
वल्र्ड ट्राभल मार्ट आइटिबी बर्लिन पछि पर्यटन व्यवसायीहरुको दोश्रो ठूलो विश्व मेला हो।
मार्टमा नेपालबाट पर्यटनमन्त्री नेतृत्वको एउटा टोली लगायत नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका विभिन्न नेपाली कम्पनीहरु पनि सहभागी हुनेछन्।