एनआरएन पोर्चुगलले सिन्धुपाल्चोकको मेलन्ची तथा हेलम्बु बाढीपहिरो पीडितका लागि ६ लाख ४० हजार रूपैयाँ सहयोग संकलन गरि नेपाल पठाएको छ।
राहत संकलनका लागि वरिष्ठ उपाध्यक्ष भिमसेन थापाको संयोजकमा राहत संकलन उपसमिती गठन गरेको थियो।
बाढीपहिरोले क्षति पुर्याएको मेलम्ची र हेलम्बुमा केही राहत होस् भनि सहयोग अभियान सुरू गरिएको भन्दै उपाध्यक्ष भिमसेन थापाले यस्तो कोरोना महामारीबीच स्वःस्फूर्त रूपमा पोर्चुगलबासी नेपाली दाजुभाइ दिदीबहिनीले गरेको सहयोगमा धन्यवाद दिए।
थापाले नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मामार्फत सहयोग हस्तान्तरणका लागि सहयोग रकम नेपाल पठाइएको जानकारी दिए।
नेपालमा हुने गरेका विभिन्न प्राकृतिक घटना तथा विपत्तिमा एनआरएन पोर्चुगलले यसअघि पनि सकेको सहयोग गरिरहेको थापाले स्मरण गराए।
पोर्चुगलमा हुने भइपरि आउने घटनामा सदैव एनआरएनले सहयोगी भूमिका निभाईरहेको भन्दै आगामी दिनमा पनि समस्या र अफटेरोमा रहेका नेपालीलाई सहयोग गर्न एनआरएन पोर्चुगल कटिवद्ध रहेको एनआरएन पोर्चुगलका महासचिव हेमराज सुवेदीले बताए।