म्यानमारको अशान्त राज्य राखिनमा जारी हिंसामा परी शुक्रबार कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ। यस आक्रमणमा परी पाँच प्रहरी अधिकारीसहित १२ व्यक्ति मृत्यु भएको हो।
सीमा क्षेत्रमा अवस्थित प्रहरी चौकीहरुलाई लक्ष्यगरी राखिन राज्यमा रोहिङ्गया आतङ्ककारी समूहले भीषण आक्रमण गरेका राज्य सल्लाहार आङ सान सुकीको कार्यालयले जानकारी दिएको छ । म्यानमारको यस तटीय राज्यमा महिनौंदेखि धार्मिक हिंसा जारी छ ।
शुक्रबार २० भन्दा बढी प्रहरी चौकीमा करिब १५० आतङ्ककारीहरुले बिहानै सबेरै हमला गरेका राज्य सल्लाहकार कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। सो विज्ञप्तिका अनुसार सो राज्यमा रहेको प्रायः प्रहरीचौकीमा आक्रमण भएको थियो ।
‘आतङ्ककारीहरु प्रहरी गरेको आक्रमण यो अवस्था निकै नै जटिल थियो’ त्यसमाथि पनि केही आतङ्ककारीहरु सशस्त्र र बन्दुकधारी रहेका थिए’ नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले एएफपी समाचार समीतिलाई जानकारी दिएका छन्। रासस/एएफपी